२० बैशाख २०८१, बिहीबार

नेपालमा थप दुईमा कोरोना सङ्क्रमण, ५४ पुगे सङ्क्रमित

bikas devkota

कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ।

१ हजार १ सय ९३ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देवकोटाले बताए। मंगलबारसम्म आइसोलेसनमा १ सय ७ जना छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा ४ जना छन्। 

आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ । अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् ।

मंगलबार रौतहटमा भेटिएका २ जना कोरोना संक्रमितलाई अस्पताल ल्याउन लागिएको देवकोटाले बताए। उनले भारतबाट आएर क्वारेन्टाइनमा बसेका २ जनालाई कोरोना भएको बताए।

देवकोटाले सीमा नाका बन्द भए पनि भारतबाट लुकेर मानिसहरु आइरहेको बताए। उनले लुकेर आउने र लकडाउनमा बस्न नमान्नेलाई सरकारले कारवाही गर्ने चेतावनी समेत दिए।