१४ बैशाख २०८१, शुक्रबार

इलाममा चितामा शव जलाउन लाग्दा एक्कासी बाढी, शव नै बगायो

shab Q2blmsHXhd

इलामको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले जलाइँदै गरेको शव वेपत्ता पारेको छ । खोलामा आएको बाढीले स्थानीय राम लकान्द्रीको शव वेपत्ता पारेको हो ।

चर्को घाम लागेको समयमा इलामको फाकफोकथुम गाउँपालिका– ३ स्थित फाकफोक खोलामा चितामा राखेर लकान्द्रीको शव जलिरहेको अवस्थामा एक्कासी आएको बाढीले बगाएको स्थानीयले बताएका छन् ।

स्थानीय विष्णु पौलेलले हेर्दाहेर्दै लकान्द्रीको शव बाढीले बेपत्ता पारेको बताए । उनले भने, ‘शव जलाउने ठाउँमा चर्को घामसमेत लागेको थियो ।’ यस्तो घटना पहिलो भएको पौडेल दावी गर्छन् ।

बाढीले बगाएको लकान्द्रीको शव हालसम्म पनि भेटिएको छैन । लकान्द्रीको सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको थियो ।

त्यस्तै खोलामा आएको बाढीले बगाएका एक बालकको शव भेटिएको छ । पौडी खेलिरहेका स्थानीय १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो ।बालकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ ।

    सम्बन्धित समाचार...