१३ बैशाख २०८१, बिहीबार

राष्ट्रपतिको विरोध गर्नेलाई पाँच वर्ष जेल

Bhandari

सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।

आफ्ना मन्त्री र सत्तारुढ दलका नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको सरकारले सर्वसाधारणले सामान्य विरोध गर्दा भने पाँच वर्षसम्मको जेल सजाय दिइरहेको छ । 

सर्वसाधारणलाई हदैसम्मको कारबाही गर्ने सरकार आफ्ना नजिकका मान्छेको गल्तीमा मौन छ । चाहे सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ।

सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन्। उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन्।

यसरी सतहमा आएकाबाहेक पनि सरकारले आफ्नानिकटका व्यक्तिबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ । सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। 

यी र यस्ता कैयौँ घटनाले सरकारको कार्यशैली र दृष्टिकोण कान्नीशासनको धज्जी उडाउने खालको देखिएको छ ।

झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।