१७ बैशाख २०८१, सोमबार

बिहीबारसम्मै चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

IMG 9014

अहिले देशका धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको छ । केही ठाउँको मौसम भने आशिंक बदली भएको छ ।

आज (मंगलबार)देखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।

पूर्वमा बनेको न्यून चापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले देशका धेरै ठाउँको मौसम अहिले बदली भइ केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले धनकुटा आसपासका क्षेत्रमा पानी परिरहेको छ भने डढेल्धुरा, धनगढी, जुम्ला, बाराको सिमरा आसपासको मौसम खुल्न सकेको छैन । अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको छ ।

एकैपल्ट धेरै प्रणाली सक्रिय भएकाले अहिले खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरिकै मौसम सामान्य बदली भइ धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ ।

यस्तै आज राति पनि देशभरिकै मौसम बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा पानी पर्नेछ । बुधबार र बिहीबार पनि देशभरिकै मौसम बदली भए पनि आजको भन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाद्वारा मंगलबार बिहान ६ बजे प्रकाशित आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ

आगामी तीन दिनको मौसम पूर्वानुमानः

वैशाख १६ गते मंगलबार
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १७ गते बुधबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १८ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।