१३ बैशाख २०८१, बिहीबार

माैसम : देशभर सामान्य बदली रही पहाडी भेगका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

weather aajko mausam

हाल देशको पश्चिमी पहाडी भूभागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार दिउँसो  देशका  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी  स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भूभागको थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।