
फाइल फोटो
नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न सर्कुलर जारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले सोमवार स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको हो ।
केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दाहालले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाउनुभएको हो ।
सर्कुलरमा स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न पनि रोक लगाइएको छ । बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको छ ।
केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइएको एक नेताले बताएका छन् ।