११ बैशाख २०८१, मंगलवार

भिडियो सहित) रूँदै–रूँदै डिल्लीराम घिमिरेले एमाले छाडे

Dilliram Ghimire

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका एक नेताले रुँदैरुँदै एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

आफूलाई अवसरबाट वञ्चित गरेको भन्दै नेता डिल्लीराम घिमिरेले पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको बताएका छन् ।

अवसरहरुबाट आफूलाई निरन्तर–निरन्तर अन्याय गरेको भन्दै घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

काँकडभिट्टा गाउँपालिकाको पूर्वअध्यक्ष समेत भएर काम गरिसकेका उनले स्वतन्त्र बामपन्थी राजनीतिमा सक्रिय रहने बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयर टिकट नपाउने भएपछि उनले आज एमाले परित्याग गरेका हुन् ।

मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक–पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु ठिक ठानेर एमाले छाडेको बताए । उनी पत्रकार सम्मेलनमा पटक–पटक भक्कानिए ।

“३१ वर्षअघि पार्टी सदस्यमा प्राप्त गरेँ, निरन्तररुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरँे । तर, पार्टीका केही नेताले मेरो अबमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेँ,” उनले भने,“मलाई पार्टीका नेताहरुले रुवाउँदै–रुवाउँदै निष्कासन गरे, म आफैँ निस्किएको होइन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।”

उनले आफ्नो आँशुले अन्याय गर्नेहरुलाई पिरोल्नेसमेत बताए । “मेरो आँशुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे,” उनले भने ।

एमाले छाडेको घोषणा गरेको उनले तत्काल अन्य पार्टीमा नजाने बताए । ६५ वर्षीय उनले आफूले सकिञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए ।

https://www.facebook.com/nepalghatana/videos/1333534123820688

    सम्बन्धित समाचार...