६ बैशाख २०८१, बिहीबार

निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छः एमाले सचिव महासेठ

raghubir
फाइल फोटो

नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताउनुभएको छ ।

एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सचिव महासेठले अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहने बताउनुभयो ।