१३ बैशाख २०८१, बिहीबार

नवप्रवेशी टोली गुजरात टाइटन्सको लगातार तेस्रो जित

ipl gujrat

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईमा गएराति भएको खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङस् खेले । यस्तै शाइ सुधर्शनले ३५ रन र कप्तान हार्दिक पान्डयले २७ रन बनाए । पन्जावका कागिसो राबडाले २ तथा राहुल चाहरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय इनिङस् खेले ।

शिखर धवनले ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए । राहुल चाहर २२ रनमा अविजित रहे । गुजरातका राशिद खानले ३ तथा दर्शनले २ विकेट लिए ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा २ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ । आज चेन्नाई र हैदराबाद तथा बैंग्लोर र मुम्बइबीच खेल हुने छ ।