१४ बैशाख २०८१, शुक्रबार

बलिउड जोडी रणवीर र आलियाको विवाह अप्रिल १७ मा

Ranbir Kapoor and Alia Bhatt 2

बलिउड जोडी रणवीर कपूर र आलिया भट्टको विवाह मिति तय भएको छ ।

उनीहरुको विवाह अप्रिल १७ मा आर के हाउसमा हुने पक्का भएको हो ।

विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ। आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् । विवाहका लागि महेश भट्टले पनि आफ्नो सुटिङबाट विश्राम लिएका छन्।

रबिनका अनुसार विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइनेछ । विवाह समारोह चार देखि पाँच दिनसम्म चल्ने र त्यहाँ विभिन्न समारोहहरू हुनेछन्। यी दुईको विवाह सामान्य पञ्जाबी शैलीमा आरके हाउसमा हुने रविनले जनाएका छन् ।

विवाह अप्रिल १७ तारिखको राति हुने छ ।