दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा चितवनका नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
