१३ बैशाख २०८१, बिहीबार

(मतपरिणामसहित) नेपाल बार एशोसिएशनमा घिमिरे नेतृत्वको प्यानल नै विजयी

278143980 4886654744717593 1263731748402192407 n 1024x768 1

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनबाट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ ।

बारको २५ सदस्यीय कार्यसमितिका लागि चैत १९ गते भएको निर्वाचनको सार्वजनिक मत परिणाम अनुसार बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको संयुक्त प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका घिमिरेले ४ हजार ४ सय ७४ मत ल्याई विजयी हुनुभयो भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले २ हजार ४ सय ८२ मत ल्याउनुभयो ।

त्यस्तै, महासचिवमा अञ्जिता खनालले ३ हजार ६ सय ८२ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका केदारप्रसाद कोइरालाले २ हजार ९सय ८९ मत ल्याउनुभयो ।

त्यसैगरी, कोषाध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका भरतबहादुर राउत विजयी हुनुभएको छ।

अन्य पदाधिकारी र सदस्यहरूमा पनि बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहकै उम्मेदवारहरूले जित हासिल गर्नुभएको छ ।

नेपाल बार एशोसिएशनमा घिमिरे नेतृत्वको प्यानल नै विजयी (मतपरिणामसहित):