८ बैशाख २०८१, शनिबार

गोपालकृष्ण घिमिरे निर्वाचित नेपाल बारको अध्यक्षमा, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता

gopal

नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।

१४ सय मत गणना गर्न बाँकी छँदै घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकोले आधिकारिक घोषणा हुन भने बाँकी छ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गर्नुभएको छ ।

बारका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। बारको निर्वाचनमा ७४२९ मत खसेको थियो।

अब १४२९ मतगणना गर्न बाँकी छ। अब गणना गर्न सबै मत पाठकले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ। शुक्रवार मतगणना सक्ने तयारी भइरहेको पाठकले बताउनुभयो ।

त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाउनुभएको छ ।

यसैगरी, कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत र अर्का उम्मेदवार जगतबहादुर कार्कीले २१८८ मत पाउनुभएको छ ।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो। बिहीबार राति मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने भएको छ।

१९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो।