११ बैशाख २०८१, मंगलवार

बराबरीमा रोकियो बार्सिलोना

DSC 6593 min

युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १–१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

४८औँ मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।

खेलको ७८औँ मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुने छ ।