२९ बैशाख २०८१, शनिबार

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

RS KTM PMDEUBA 650x514 1

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गर्नुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रवार भारत भ्रमणमा जानुभएको थियो ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादव, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनुहुन्थ्यो ।

deuwa 1