१६ बैशाख २०८१, आईतवार

शिक्षा क्षेत्रमा गरिएको लगानी उपलब्धिमूलक बनाउनुपर्छ: राष्ट्रपति भण्डारी

rastapati 3 1024x576 1

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठुलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका ४ मा नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले भूकम्प, बाढी, कोरोनाबिच पनि विद्यालय भवन निमार्ण सम्पन्न भएसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृङखला तथा अग्ला पहाडहरूमा देखा पर्न थालेकाले जलवायु अनुकूलन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

rastapati 2 1024x576 1