Close Me
२४ माघ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी साझा यातायात चढेर पाटन जाने

Bidhya Devi Bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साझा यातायातको बिजुली बस चढेर पाटन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी दिउँसो १ बजे शीतलनिवासबाट साझा यातायातको बिजुली बसबाट पाटनतर्फ लाग्नेछिन् ।

राष्ट्रपति भण्डारीलाई पाटनढोका बसपार्कमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गर्नेछन् । पाटनढोकाबाट राष्ट्रपतिले मदन पुरस्कार पुस्तकालय तथा अभिलेखालयको अवलोकन गर्नेछिन् ।

पुस्तकालयको अवलोकनपछि पिम्बाहा पोखरीसम्म पैदल यात्रा गर्ने र मण्डपमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा सरिक हुने कार्यक्रम छ ।