२१ बैशाख २०८१, शुक्रबार

यी हुन् अमेरिकाबाट अनधिकृत विदेशी मुद्रा भित्र्याउने युवा

prithbi bdr shah

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ ।

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको बताए । शाहसहित पक्राउ पर्नेमा अछाम बान्निगढी जयगढ गाउँपालिका ६ घर भएका विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवलपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाइ हुन् ।

आरोपितविरुद्ध ‘हन्टिङ रिजर्भ अफ नेपाल प्राइभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरीत कारोबार गरेकोलगायत आरोप लगाइएको छ ।

त्यस्तै अमेरिकी नागरिक जुलिया होडेजलगायत विदेशीसँग एन्टी भाइरस नवीकरणबापतको रकम पठाउन भन्दै झुक्याएको र जुलियाको कम्प्युटरमा अनधिकृत पहुँच पुर्‍याई अमेरिकी डलर ट्रान्सफर गरेको पाइएको दाबी ब्युरोको छ ।

त्यसक्रममा अमेरिकी डलर ४६ लाख ४६ हजार ७ सय ३७ र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० र पाउन्ड स्टर्लिङ १२ हजार ८ सय २५ को शंकास्पद कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ ।

    सम्बन्धित समाचार...