१५ बैशाख २०८१, शनिबार

कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन

deuba shekhar gagan

संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ । जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व परिवर्तन गरी नयाँ नीति कार्यक्रम ल्याउनुको विकल्प नरहेको बताए। अन्य दलहरूले मिसन २०८४ को एजेन्डा बोकेर हिँड्दै गर्दा नेपाली कांग्रेसले मिसन २०८०÷०८१ को तयारी गर्नुपर्ने बताए। आगामी सरकारको नेतृत्व गर्दा पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक लगाउने अभियानमा चलाउँदै आएका थापाले पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने बताएका छन्।

कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रले आयोजना गरेको भेलामा नयाँ दलहरू कांग्रेसका लागि चुनौती बनेर आएको बताएका थिए । नेपालमा एक वर्षअघि मात्रै खुलेको रास्वपाले राजनीतिमा निकै फड्को मारेको भन्दै कांग्रेस नेताहरूले त्यसलाई चिरेर जान कांग्रेसले नीतिसहित नेतृत्वमा परिवर्तन हुनु जरुरी रहेको बताए । सभापतिहरूले नयाँ खुलेका पार्टीमा प्रवेश गर्ने लहर चलेको भन्दै गाउँमा कांग्रेसप्रति आकर्षण कम हुँदै गएको बताएका थिए । गाउँगाउँमा युवा पुस्ताको आकर्षण बढाउन कांग्रेस ‘रूपान्तरण’ नभए आगामी निर्वाचनमा पार्टी संकटमा पर्ने उनीहरूको चिन्ता छ ।

सभापतिहरूको भेलामा कांग्रेसको अघिल्तिर देखिएका अनेकन चुनौतीलाई चिर्दै पार्टीलाई नयाँ शिराबाट कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको पाँचथरका सभापति रुपनारायण जबेगुले बताए। ‘हामी ६६ भन्दा बढी जिल्लाका साथीहरू भेला भएका थियौं’, जगेबुले भने– ‘पार्टीलाई कसरी सुधार गरेर लाने भन्ने सबै सभापतिको चिन्ता थियो । पार्टीमा रुपान्तरण र युवा आकर्षण गर्ने एजेन्डा बनाएर केन्द्रीय नेतृत्वले लागू गर्नुपर्ने र पार्टीमा नेताहरू सच्चिनुपर्ने विषयले प्राथमिकता पायो । यसका साथै क्रियाशील सदस्य नवीकरण तथा वितरण अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाउने कुरामा प्रशिक्षण भयो ।’ पार्टी महामन्त्रीहरूमार्फत केन्द्रीय नेतृत्वको ध्यानाकर्षण हुने गरी छलफल भएको उनले जनाए ।

निर्वाचन अघि भएको गठबन्धनका कारणण पार्टीमा आएको उतार चढाव, पार्टी संगठनमा देखिएको असन्तुष्टि, कार्यकर्तातहमा देखिएको नैराश्यता र पार्टी परिवर्तनलगायतका विषयमा समेत खुलेर छलफल भएको नेताहरूले बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट