१५ चैत्र २०८०, बिहीबार

तरङ्ग सिर्जना नेपालको खस्कदो अर्थतन्त्रले निजी क्षेत्रमा, बिकराल अवस्था निम्तिने चेतावनी

artha rastrabank

नेपालको खस्कदो अर्थतन्त्रले निजी क्षेत्रमा तरङ्ग सिर्जना गरिहेको छ । लामो सयमदेखि नेपालमै व्यवसाय गरेका ठूलादेखि साना व्यवसायीहरुले अर्थतन्त्रमा देखिएको समस्या तत्काल सामाधान नभए विकराल अवस्था निम्तिने चेतावनी दिएका छन् ।

पछिल्लो समय नेपालको अर्थतन्त्रमा देखिएको चुनौतीले निजी क्षेत्र सशंकित बन्दै गएका छन् । कोभिडले २ वर्षदेखि थलिएको अर्थतन्त्र तग्रिनुपर्नेमा उल्दै थप संकटको डिलमा पुगेको छ ।

अहिले अर्थतन्त्रले नयाँ मोड लिनुपर्ने भएपनि नियामक निकायबीचमै तालमेल नहुँदा अर्थतन्त्रले विकराल अवस्था ल्याउने चिन्तामा व्यवसायीहरू छन् ।

मुलुकको शोधनान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि, तरलता अभावले समेत अर्थतन्त्र माथि उठ्न सकेको छैन । त्यसैले छिट्टै नै अर्थतन्त्र सही ट्रयाकमा ल्याउनुपर्ने देखिएको छ।

उद्योग व्यवसाय क्षेत्रलाई हेर्नुपर्ने निकाय उद्योग वाणिज्य मन्त्रालय मन्त्रीविहीन छ । यसले नेपालको अर्थतन्त्र बिग्रोस् भनेर कसैले जानजान यस्तो काम त गरिरहेको छैन भन्ने आशंकामा व्यवसायी छन् ।

अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधान गर्नका लागि सरकारले ठोस नीति अवलम्बन गर्नुपर्छ । अन्यथा देश आर्थिक संकटमा फस्नबाट नजोगिने निश्चित छ ।