१४ बैशाख २०८१, शुक्रबार

आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा

ministry of finance nepal

नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आएको छ । नयाँ नीति अनुसार बजेट खर्च र राजस्व संकलनसँगै आर्थिक ऐनले निर्धारण गरेका करका नयाँ दर पनि लागू भएका छन् ।

विद्युतीय सवारीमा लगाएको कर, कर्मचारीको वृद्धि भएको तलब, सिंहदरबारबाट ग्यास चुलो विस्थापीत गर्ने सरकारको योजन नयाा आर्थिक बर्ष सुरु भए सागै लागू भएका छन् । त्यस्तै व्यक्तिगत करका दर पनि आजदेखि लागू भएका छन् ।

दूरसञ्चार सेवा शुल्क पनि आजदेखि लागू हुादैछ । यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क नयाा आर्थिक वर्ष सुरु भएसागै १० प्रतिशत कायम गरिएको छ ।

गत वैशाखमा विलासिताका वस्तुको आयातमा गरिएको कडाईलाई आर्थिक वर्ष सुरु भएसागै थप कडाईका साथ कार्यान्वयन गरिएको छ । यसले सरकारले राजस्व प्रभावित हुने देखिन्छ ।

गत आर्थिक बर्षका लागि सरकारले आन्तरिक राजस्व विभागलाई ५ खर्ब ३७ अर्बको लक्ष्य दिएकोमा ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब मात्रै संकलन गरेको छ । चालु आर्थिक बर्षका लागि ६ खर्ब २६ अर्बको लक्ष्य दिएको छ जुन अहिले प्राप्त लक्ष्यको ३० प्रतिशत हो ।

a
b