१९ बैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि समायोजन गर्न निगमको आनाकानी

Nepal Oil NOC

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि भारतीय आयल कर्पोरेशनले पनि शनिवारबाट नेपाललाई मूल्य घटाएर विक्री सुरु गरिसकेको छ । तर नेपाल आयल निगमले भने मूल्य समायोजनतर्फ चासै दिएको छैन ।

असार ३२ गते शनिवारबाट नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसंग पेट्रोल प्रतिलिटर एक सय १७ रुपैंयाा ४२ पैसामा र डिजल एक सय ३७ रुपैंयाा ३६ पैसामा खरिद गरिरहेको छ । पेट्रोलमा १५ र डिजलमा १६ रुपैंयाामा मूल्य घटेर आएपनि मूल्य समायोजन नगरिदा उपभोक्ता मारमा परेका छन्

भारतीय आयल निगमसंग घटेको मूल्यमा इन्धन खरिद गरेपनि निगमले आफ्नो पुरानो घाटा देखाउादै तत्काल मूल्य समायोजन नगर्ने जनाएको छ ।

निगमको असक्षमताले लागेको ऋण आम उपभोक्ताले चुकाउन बाध्य छन् । त्यसो त सरकारले महंगी कम गर्न इन्धनमा लाग्दै आएको कर घटाउने बताएको थियो । तर अहिले पनि सरकारले पेट्रोलमा प्रति ६३ रुपैंया र डिजलमा ४७ रुपैंयाा कर असुलिरहेको छ ।

कर घटाउने विकल्प भएपनि राज्य संचालक प्रशासनिक खर्च नपुग्ने भन्दै निम्म र मध्यम वर्गीय उपभोक्तालाई नै महंगीको भार थोपरिरहेका छन् ।