१३ बैशाख २०८१, बिहीबार

एक्लै नसक्ने भएपछि पाँच दलीय गठबन्धन बन्यो : अध्यक्ष ओली

kp oli uml

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्लै एमाले तिर चिहाउन पनि कसैले नसक्ने भएकोले पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ । एक्लै नसक्ने भएपछि पाँच दलको गठबन्धन बनाएकोले आगामी चुनावमा एमालेलाई हराउन कसैले नसक्ने दाबी गर्नु भयो ।

इलामको सूर्योदय नगरपालिका फिक्कलमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री ओलीले एमालेले मात्रै देशको विकास गर्न सक्ने भएकोले जनताले यो कुरा मनन गरिसकेकोले आगामी निर्वाचनमा एमालेलाई जित्नबाट कसैले छेक्न नसक्ने दाबी गर्नु भयो ।

ओलीले आफ्नो सरकारको ४ बर्षे कार्यकालमा गरेको कामको अधिकांश समय चर्चा गर्नुभयो, उहाँले भन्नुभयो “मेरो नेतृत्वको सरकारले ३ वर्षमा हालसम्म कसैले गर्न नसकेको काम गरेको छ हुलाकी राजमार्ग हामी एक्लै निमार्ण गर्छौ नेपालले आफै बनाउँछ भनेर सुरु गरेका थियौ अहिले सो राजमार्ग लगभग तयार भएको छ ”

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग शुरु गरेको, धरहरा निमार्ण मेची पहाडी पर्यटन विकासको कुरा कृषि पर्यटनको विकास रेडपाण्डाको संरक्षण लगायतमा आफ्नो सरकारले अत्यन्तै उच्च गतिमा काम गरेको ओली जिकिर गर्नुभयो ।

उहाँले पुत्काको मह कोरोनाका समेत औषधी भएको भन्दै पुत्काको मह उत्पादनमा लाग्न इलामका किसानलाई आग्रह गर्नु भयो । इलामका जनताले निक्कै रचनात्मक काम गरेको भन्दै इलामवासीको प्रशंसा गर्नु भयो ।

परमादेशबाट हैन चुनावपछि जनादेशबाट सिहंदरवार छिर्ने र त्यसपछि विकासको लहर ल्याउने अध्यक्ष ओलीको भनाई छ ।

एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले आफ्नो सम्बोधनको क्रममा अधिकांश समय नेकपा एसका नेताहरूको विरोधमा समय खर्चिनु भएको थियो । उहाँले मलै नाम बिर्सिए तर लामो समय सहकार्य गरेको साथीले एमालेका मत पेटिका रित्तो बनाउनु पर्छ भन्ने गरेको भन्दै जनताको उत्साह हेर्न र फेरी बोल्न आग्रह गर्नु भयो । नेता नेम्वाङले देशको विकासको लागि नेकपा एमालेलाई मतदान गर्न आग्रह गर्नु भयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्लै एमाले तिर चिहाउन पनि कसैले नसक्ने भएकोले पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ । एक्लै नसक्ने भएपछि पाँच दलको गठबन्धन बनाएकोले आगामी चुनावमा एमालेलाई हराउन कसैले नसक्ने दाबी गर्नु भयो ।

इलामको सूर्योदय नगरपालिका फिक्कलमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री ओलीले एमालेले मात्रै देशको विकास गर्न सक्ने भएकोले जनताले यो कुरा मनन गरिसकेकोले आगामी निर्वाचनमा एमालेलाई जित्नबाट कसैले छेक्न नसक्ने दाबी गर्नु भयो ।

ओलीले आफ्नो सरकारको ४ बर्षे कार्यकालमा गरेको कामको अधिकांश समय चर्चा गर्नुभयो, उहाँले भन्नुभयो “मेरो नेतृत्वको सरकारले ३ वर्षमा हालसम्म कसैले गर्न नसकेको काम गरेको छ हुलाकी राजमार्ग हामी एक्लै निमार्ण गर्छौ नेपालले आफै बनाउँछ भनेर सुरु गरेका थियौ अहिले सो राजमार्ग लगभग तयार भएको छ ”

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग शुरु गरेको, धरहरा निमार्ण मेची पहाडी पर्यटन विकासको कुरा कृषि पर्यटनको विकास रेडपाण्डाको संरक्षण लगायतमा आफ्नो सरकारले अत्यन्तै उच्च गतिमा काम गरेको ओली जिकिर गर्नुभयो ।

उहाँले पुत्काको मह कोरोनाका समेत औषधी भएको भन्दै पुत्काको मह उत्पादनमा लाग्न इलामका किसानलाई आग्रह गर्नु भयो । इलामका जनताले निक्कै रचनात्मक काम गरेको भन्दै इलामवासीको प्रशंसा गर्नु भयो ।

परमादेशबाट हैन चुनावपछि जनादेशबाट सिहंदरवार छिर्ने र त्यसपछि विकासको लहर ल्याउने अध्यक्ष ओलीको भनाई छ ।

एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले आफ्नो सम्बोधनको क्रममा अधिकांश समय नेकपा एसका नेताहरूको विरोधमा समय खर्चिनु भएको थियो ।

उहाँले मलै नाम बिर्सिए तर लामो समय सहकार्य गरेको साथीले एमालेका मत पेटिका रित्तो बनाउनु पर्छ भन्ने गरेको भन्दै जनताको उत्साह हेर्न र फेरी बोल्न आग्रह गर्नु भयो । नेता नेम्वाङले देशको विकासको लागि नेकपा एमालेलाई मतदान गर्न आग्रह गर्नु भयो ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको अध्यक्ष दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद राम राना एमाले प्रदेश कमिटी सदस्य एवं सांसद काजीमान कागाते एमाले इलाम जिल्ला अध्यक्ष महेश बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

एमाले इलाम जिल्ला कमिटी सचिव उमेश गुरुङ र उपसचिव रवीन्द्र सुबेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा सूर्योदय सन्दकपुर माईनगरपालिका माइजोगमाई गाउँपालिका लगायतका विभिन्न पाटी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई एमाले अध्यक्ष ओली उपाध्यक्ष नेम्वाङ लगायतले एमाले सूर्य चिन्ह अकिंत खादा ओढाएर स्वागत गर्नु भएको थियो ।