२० बैशाख २०८१, बिहीबार

चैत महिनाको घरभाडा नलिन आग्रह

ward pokhara

पोखरा महानगरपालिकाको एउटा वडा कार्यालयले आफ्नो वडामा डेरा भाडामा बस्दै आएकालाई घरभाडा नलिन घरधनीसँग आग्रह गरेको छ ।

पोखरा–११ को बिहीवार बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आ–आफ्नो घरकोठामा डेरा गरी बस्ने व्यक्तिलाई घरधनीले चैतको भाडा नलिन आग्रह गरेको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए ।

‘चैतको भाडाबापत रकम मिनाहा गरी प्रत्यक्ष राहत प्रत्याभूत गरिदिन वडाबासीमा अपिल गर्दछौं,’ निर्णयमा भनिएको छ ।

वडाको निर्णयविरुद्ध वडाबासीले भने विरोधको संकेत देखाएका छन् । वडाबासी समेत रहेका फूलबारी क्लब पूर्व सचिव दामोदर बास्तोलाले भने, ‘घरधनीको भन्दा डेराभाडामा बस्नेको आम्दानी बढी छ, वडा कार्यालयको निर्णय हामीहरूलाई मान्य छैन । कि त वडाले विपन्न वर्गका मानिस छुट्याएर उनीहरूको लागि मात्र भाडा छुट गर भनेमा सकिन्छ, नत्र भाडा छुट गर्न सकिँदैन । यसरी धरधनी नै बढी मर्कामा पर्ने कुरा भयो ।’

ward pokhara