१३ बैशाख २०८१, बिहीबार

अहिले सत्ता गठबन्धनमा कुनै अप्ठ्यारो छैन: अध्यक्ष दाहाल

Prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी व्याख्यात्मक घोषणा अनुमोदनले राष्ट्रिय राजनीतिमा एकताको वातावरण बनेको बताउनुभएकाे छ ।

प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले व्याख्यात्मक घोषणाको वैधानिकताका बारे जनताले बुझ्दै गएपछि एमसिसी ठिकै छ भन्ने परेको बत्ताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले अर्ली ईलेक्सनकाे सम्भावना नरहेकाे उल्लेख गर्दै अहिले सत्ता गठबन्धनमा कुनै अप्ठ्यारो छैन, गठबन्धन ठिकै ढङ्गले अघि बढिरहेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले तिन दलका बिच सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएकाे र सरकारमा काँग्रेसको सहभागिता गर्न सहमति भएकाे बत्ताउनुभयो ।

अध्यक्ष प्रचण्डले तत्कालीन जनयुद्धका विषयमा चर्चा-परिचर्चा हुनु स्वाभाविक भएकाे र यो लामो समयसम्म जाने बत्ताउनुभयो ।