१६ चैत्र २०८०, शुक्रबार

नेपाली काँग्रेसको बारा जिल्ला सभापतिमा राजेशराय यादव विजयी

kang 2 1024x766 1

नेपाली काँग्रेसको बारा जिल्ला सभापतिमा राजेशराय यादव विजयी हुनु भएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीलाई ५२ मतले पराजित गर्नुभएको हो ।

आइतबार राती अबेरसम्म सम्पन्न दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत प्राप्त गर्नु भएको छ भने, उहाँका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले ११ सय ५४ मत मात्र प्राप्त गर्नुभयो ।

नेपाली काँग्रेस बाराको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदा राजेशराय यादव विजयी भएको प्रमुख निर्वाचन अधिकृत गंङ्गेश्वर अधिकारीले बताउनु भयो ।

सभापति पदका उम्मेदवार शम्भुबहादुर बुढाथोकी भन्दा ५२ मतको झिनो अन्तरले बढी मत ल्याएर यादव निर्वाचित हुनु भएको हो । खसेको कुल मत मध्ये २९ मतपत्र बदर भएको छ ।

यसअघि २५ गते पहिलो चरणको चुनावमा तीन उम्मेदवारमध्ये विधान बमोजिम कसैले कुल खसेको मतको ५० प्रतिशत भन्दा बढी ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन भएको हो ।