१४ बैशाख २०८१, शुक्रबार

आक्रमक रुस युक्रेनबीचको युद्ध

russaia ukrine

रुस युक्रेनबीचको युद्ध दुई साता पुग्दा थप आक्रमक बनिरहेको छ । दुईसाता पुग्दा रुसी सेना युक्रेनको राजधानी किएभतर्फ लम्किरहेका छन् । यता अमेरिकाले भने दुई राष्ट्रबीचको युद्धलाई लिएर तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी दिन थालेको छ । रुस युक्रेनबीचको युद्धमा पछिल्लो अपडेट के-के छन् त ?

पछिल्लो २ सातायता निरन्तर चलिरहेको रुस युक्रेनबीचको युद्ध थप आक्रमक बनिरहेको छ । दुई साता पुग्दा समेत दुवै देश टसको मस भएका छैनन् । बरु रुसी सेना युक्रेनको राजधानी किएभतर्फ लम्किरहेको छ भने उसले आक्रमणलाई तीव्र बनाईरहेको छ ।

स्थानीय बाल अस्पताललाई ध्वस्त पारेर केही युक्रेनी सर्वसाधरणको ज्यान समेत लिएको रुसले सो घटनालाई खण्डन गरिरहेको छ । यद्दपी युक्रेनले भने अन्तर्राष्ट्रिय समूदाय यस विषयमा गम्भिर नभनेको अर्थात नबोलेको भन्दै रोष व्यक्त गरिरहेको छ ।

यता युक्रेनले आफू नेटोको सदस्यता नलिने भन्दै पश्चिमा राष्ट्रप्रति आक्रोश व्यक्त गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीलाई फोन मार्फत युक्रेनलाई सहयोग गर्ने मात्रै बताएनन कि स्वतन्त्राका लागि लडिरहनुपर्ने भनाई समेत राख्न भ्याए । त्यसको भोलिपल्ट नै अमेरिकी सेनाले युक्रेनको पक्षमा रुस विरुद्ध अमेरिकी सेनाले युद्ध सुरु गरे त्यो नै विश्वयुद्धको सुरुवाती हुने बताए ।

बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको दावी गरेका हुन् । तर अमेरिका तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि अमेरिकाले संयममता अपनाईरहेको छ । नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने अमेरिकाको विश्वास छ ।

यता बाइडेडनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि चेतावनी दिएका छन ।

रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ । यसैबीच, रुसले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ ।

आफूविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेको भन्दै रूसको राष्ट्रपति कार्यालयले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी दिएको हो ।

यता राजधानी किभ तर्फ लम्किरहेको रुसी ट्याङ्करको लस्करमाथि युक्रेनले आक्रमण गरेको छ । किएभको बाहिरी भागमा रुसी ट्याङ्कको लस्करमाथि युक्रेनी आक्रमण देखाउने भिडिओ सार्वजनिक भएको छ ।