१६ चैत्र २०८०, शुक्रबार

आफुलाई कालोझण्डा देखाउनेलाई गृहमन्त्री खाँणकाे सम्मान

Khad 1

गृहमन्त्री बालकृष्ण खाँणले आफुलाई कालोझण्डा देखाउने जनमतका कार्यकर्तालाई सम्मान रहेको बताएका छन् । रुपन्देहीको धकधईमा कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाणले कालो झण्डा देखाउने अधिकार नेपाली कांग्रेसले नै प्रदान गरेको बताउँदै उनले झण्डा देखाउनेलाई सम्मान रहेको बताए ।

गृहजिल्लामै कालोझण्डाको सामना गर्नु परेको बताउँदै गृहमन्त्री खाणले झण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताहरुलाई सम्मान गर्छु । उहाहरुले कालो झण्डा देखाएर बिरोध जनाउनु भएको होला ।

कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको हो । नेपाली कांग्रेसले बिरोध, असहमतिलाई सहजता पूर्वक लिन्छ, लोकतान्त्रिक शासन ब्यवस्थामा बिरोध गर्न पाईन्छ । कालोझण्डा देखाईए पनि खाँणले त्यसको सम्मान गरेको बताए ।

किसानहरुको हितलाई लिएर बिगत लामो समय देखी आन्दोलनरत् रहे पनि सरकारको ध्यानाकर्षण नभएको बताउदै जनमतका कार्यकर्ताले कालोझण्डा देखाएको हुन् ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले एमसीसी परियोजनाले राष्ट्रियता बलिया बनाउने र यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने बताए । अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद नआउने प्रष्ट्याए ।

सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको छ । उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडी बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिदैन, यसलाई व्यवस्थित गर्ने हो । ’उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए ।

कार्यक्रममा नेकपा एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव भोला क्षेत्री, रोहिणी गाउँपालिका कमिटी अध्यक्ष पवि क्षेत्री, नेकपा एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सहसचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खाँन लगायत ५ सय जना कांग्रेस प्रवेश गरेको क्षेत्र नमबर १ का क्षेत्रिय सचिव बैजनाथ सहानीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, केन्द्रिय सदस्य अब्दुल रज्जाक लगायतले बोलेका थिए ।

रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा जादै गर्दा गृहमन्त्री खाणलाई जनमतले कालो झण्डा देखाएका थिए ।