१४ बैशाख २०८१, शुक्रबार

आफ्नो भाषण यसरी तयारी गर्छन् गगन थापा

gagan 1

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा समकालिन राजनीतिका सबैभन्दा प्रखर वक्ता मानिन्छन्। गगन आफ्ना कुरा प्रष्ट ढंगले राख्छन्। स्पष्ट बोली र प्रष्ट तर्कले सबैलाई लठ्ठ पार्ने खुबी उनीसँग छ।

राजनीतिमा उनको उदय हुनुको एउटा कारण उनको भाषणकला पनि हो। त्योसँगै उनले दोस्रो जनआन्दोलनमा देखाएको जुझारुपन समेत उनको उदयसँग जोडिएको छ।

उनले गर्ने भाषण तर्कमा मात्रै सिमित हुँदैन। तर्क समेत उति नै दमदार हुन्छ। तर्क र तथ्यमा टेकेर गर्ने भाषण कतिपय अवस्थामा कम्युस्टिहरुलाई टाउको दुःखाइ नै बन्ने गरेको छ।

सडक होस् वा सदन गगनको एक भाषणले नै विरोधीहरुको मुख बन्द हुन्छ। कुनै पनि कार्यक्रममा बोल्नु अघि उनले कडा मेहनत गरेर विषयवस्तुकोअ अध्ययन गर्छन्। त्योसँग सम्बन्धित तथ्यको खोजी गर्छन् र त्यसको विश्लेषण गर्छन्।

कोरा भाषणमा भन्दा तथ्य र तर्कमा अडेका भाषण हजार गुणा पावरफूल हुने उनले बुझेका छन्। भाषण गर्नु अघि उनलाई सचिवालयले सघाउँछ। तथ्य र तथ्यांकको खोजी र अध्ययनको पाटो उनको सचिवालयले गरिदिन्छ । त्यसको राम्रो अध्ययन र विश्लेषण गरेर मात्रै उनी भाषण गर्छन्। सचिवालयले गर्ने मेहनत बाहेक थापा आफैं पनि कडा मेहनत गर्ने गरेका छन्।

राजनीतिक अध्येता शंकर तिवारीले थापाको एउटा तस्विर ट्वीटरमा सार्वजनिक गरेका छन्। जहाजमा यात्रा गरिरहेका थापा मोबाइल र डायरीमा व्यस्त देखिन्छन्।

तस्विर सहित ट्वीट गर्दै तिवारीले लेखेका छन्, ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा भरतपुर उडानका क्रममा आफ्नो भाषणको नोट तयारी गर्दै।’