१४ बैशाख २०८१, शुक्रबार

विभिन्न जिम्मेवारी ताेक्दै माओवादी केन्द्रीय समितिको बैठक सम्पन्न

maoist meeting

सत्ता साझेदार दल नेकपा (माअ‍ोवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । विभिन्न विभाग, प्रदेश र निर्वाचन क्षेत्रका प्रमुखहरू ताेकने तथा स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यक्रम बनाउने जस्ता निर्णय गरेकाे बैठक पछि नेता जनार्दन शर्माले बताउनुभयाे ।  

पोलटिब्यूरो, स्थायी र पदाधिकारी चयन पनि आगामी बैठकले नै टुंगो लगाउने उहाँले भन्नुभयो । सोमबारको बैठकमा आगामी स्थानीय तहकाे निर्वाचन केन्द्रित दुई महिने अभियानका विषयमा छलफल भएको नेता वर्षमान पुनले बताउनुभयो । यससँगै सबै केन्द्रीय सदस्यहरुलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने पनि उहाँले बताउनुभयो ।

अब स्थानीय तहको निर्वाच्नापछि माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० गते बस्नेछ ।