१४ बैशाख २०८१, शुक्रबार

ठूलो सफलता प्राप्त गर्छ एकीकृत समाजवादीले आसन्न स्थानीय तह निर्वाचनमा: अध्यक्ष नेपाल

madhav nepal press meet
फाइल फोटो

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गर्नु भएको छ ।

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताउनुभएको हो।

पार्टीले आगामी चुनावमा केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रविन्दूमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ ।’

अध्यक्ष नेपालले तालमेल मिलाएर निर्वाचनमा ठूलाे सफलता हासिल गर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,’जो जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने बिश्वासका साथ जुटिरहेका छौँ ।’