१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकका महत्वपूर्ण तीन निर्णयहरू

274593207 10227576797431663 3832883802024938194 n

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक सकिएको छ । साेमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेकाे बैठकले तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेकाे छ ।

बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयाे।

उहाँका अनुसार एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने छ ।

त्यस्तै, बैठकले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको पार्टीले थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय भएकाे शर्माले जानकारी दिनुभयाे ।