२६ बैशाख २०८१, बुधबार

(भिडियो) मिरुनालाई फकाउँदै सौगात भन्छन्- ‘तपाईं मेरो अन्तिम लभ’

saugat miruna merofilm

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’को पहिलो गीत सार्वजनिक गरिएको छ । यसअघिका फिल्म ‘कबड्डी’का तीन सिक्वेल बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को सार्वजनिक भएको ‘केशरी’ बोलको गीतमा सिनेमाका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ।

सोमबार युट्युबमा सार्वजनिक भएको गीतमा एसडी योगीको संगीत तथा स्वर र राम अविरल बिष्टको शब्द रचाना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । यो फिल्म आगामी वर्षको जेष्ठ १३ गतेबाट नेपालभर प्रदर्शन हुनेछ ।

यसअघि फिल्मको प्रदर्शन मिति वैशाख २३ गते भनिएता पनि स्थानीय तहको निर्वाचनका कारण देखाउँदै जेठ १३ को मिति सारिएको थियो।

सार्वजनिक यो गीतमा सौगातले मिरुनालाई फकाउन प्रयास गरिरहेको भाव समेटिएको देख्न सकिन्छ । ‘तपाईं मेरो पहिलो लभ नभएपनि अन्तिम लभ चाहिं अवश्य हो’ मिरुनालाई फकाउँदै सौगातले भनेको यो सम्बाद छन् । फिल्ममा यसपटक मिरुनाको प्रवेश भएको छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

पहिलो गीत सुष्मा प्रोडक्सन ग्लोबलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।