१४ बैशाख २०८१, शुक्रबार

सायद तपाईं मलाई अन्तिम पटक जीवित देखिरहनुभएको छ: राष्ट्रपति जेलेन्स्की

ukraine

रुसले लगातार युक्रेनमा घातक हमला गरिरहेको छ । युक्रेनमा जारी हमलाका बीच राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भावुक हुँदै एक अपील गरेका छन् । उनले अपीलमा अमेरिकाबाट गरेका हुन् ।

युक्रेनका लागि लडिरहेका भनिएका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाबाट अरु लडाकु विमान पठाउन माग गरेका छन् । साथै रुसले तेल आयातमा कटौती गर्न पनि भनेका छन् । जेलेन्स्कीले आइतवार अमेरिकी सांसदहरुसँग लामो कुराकानी गर्दै उनले भिडियो कलमा आफू भिडियोमा देखिने यो नै अन्तिम भिडियो भएको बताए ।

उनले करीब एक घण्टासम्म अमेरिकाका ३०० सांसदहरु र उनीहरुका कर्मचारीसँग कुराकानी गरेका थिए । यो कुराकानी युक्रेनका सहरमा बमबारी भइरहेको बेला भएको हो ।

उनले आफूलाई सैनिकभन्दा हतियार चाहिएको र हवाई सहायता दिन नाटो सम्बद्ध देशहरुलाई आग्रह गरेका छन् । नाटोले हवाई सहयोग दिन मानिरहेको छैन । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनमाथिको कुनै पनि हवाई उलङ्घनलाई युद्धको भागीदारीका रुपमा लिइने बताएका छन् ।