१४ बैशाख २०८१, शुक्रबार

गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा पुगेका महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौती : मन्त्री झाँक्री

Ram Kumari Jhakri
फाइल फोटो

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौती रहेको बताउनुभएको छ ।

आइतबार महिला सुरक्षा दबाब समूहले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताउनुभयो ।

महिलाहरुले राजनीतिक रुपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरु पाएको उल्लेख गर्दै उहाँले अब महिलाहरुमा नेतृत्व विकासको चुनौती रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले अब महिला सहभागीताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताउनुभयो । महिलाहरु राजनीतिको मूल प्रवाहमा आइसकेको उल्लेख गर्दै उहाँले अब कसैले रोक्न नसक्ने पनि बताउनुभयो ।