१३ जेष्ठ २०७९, शुक्रबार

वर्षाको सम्भावना न्यून आज र भोलि, मंगलबार यी क्षेत्रमा वर्षा हुने

weather aajko mausam

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।