७ बैशाख २०८१, शुक्रबार

अनन्तको आइएसएलमा डेब्यु

anatna

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १–० ले पराजित भएको छ।

गोवास्थित तिलक मैदान रंगशालामा बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए । डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् ।

यसअघि नेपाली खेलाडी अनिल गुरुङ, रोहित चन्द, किरण कुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजालले आइलिगमा खेले पनि आइएसएलमा मौका पाएका थिएनन् । नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्रीस्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका अनन्तको इस्ट बंगाल टोली पहिलो हाफमा बेङ्गलुरुसँग १–० ले पछि परेको थियो ।

भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको गोलसँगै बेङ्गलुरुले अग्रता लिएको थियो । सोही अग्रताको बचाउ गर्दै बेङ्गलुरुले जित सुनिश्चित गर्‍यो ।

२० खेलबाट ११ अंक जोडेको इस्ट बंगाल तालिकाको ११औं स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको बेङ्गलुरु छैटौं स्थानमा छ । लिग लिडर जमशेदपुरको १९ खेलबाट ४० अंक छ ।

    सम्बन्धित समाचार...