१४ बैशाख २०८१, शुक्रबार

संसद नचल्ने अवस्था जारी रहे विघटन हुनसक्ने महामन्त्री थापाको चेतावनी

gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नसक्ने अवस्था बनाइराखे प्रतिनिधिसभा विघटन हुनसक्ने बताउनुभएको छ ।

कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने भन्दै यस्तो बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने पनि थापाको भनाइ थियो । उहाँले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी पनि गर्नुभयो ।

कम्युनिष्टहरू असफल भएकै कारण सत्ता कांग्रेसको हातमा आएको बताउँदै उहाँले कम्युनिष्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउनुभयो ।