१९ बैशाख २०८१, बुधबार

युद्धविराम लागू गरेन रुसले, मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकियो

Russia Ukraine

रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ । स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् ।

रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ ।

उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन् । त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ ।न्युज एजेन्सी