१५ बैशाख २०८१, शनिबार

सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइयो : कमल थापा

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका छन् ।

शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि नवढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका हुन् ।

थापाले न्यायपालिकालाइ सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गरे । त्यस्तै उनले लामो समयदेखि सदन अवरुद्ध हुदा पनि दलहरु गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राखे । उनले दलहरुकै कारण मुलुकको राष्ट्रियता कमजोर भइरहेको र नेपालमा बिदेशीको चलखेल बढ्दै गएको उल्लेख गरे ।

त्यस्तै थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको पनि बताए । उनले राप्रपा नेपालको एजण्डेलाई स्थापीत गर्न नयाँ शक्तिका साथ जनतामाझ जाने बताए ।