१४ बैशाख २०८१, शुक्रबार

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?

tia domestic

इन्धनको मूल्य वृद्धिसँगै नेपालमा हवाई भाडादर वृद्धि भएको छ।

दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै नेपाल वायुसेवा सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो। संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं–भद्रपुर ३००, काठमाडौं–विराटनगर २४०, काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ।

नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ। निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

274785033 530392318378023 5365177873189178200 n