११ बैशाख २०८१, मंगलवार

अशु न्यौपाने र गगन शाही अभिनित ‘तिमि मनमा बसेछौ’

274801998 659164728662576 3479883534538748514 n

मेलिना राई र निराजन राईको स्वर रहेको ‘तिमि मनमा बसेछौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निराजन राईको शब्द तथा संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

सार्बजनिक भिडियोमा अशु न्यौपाने र गगन शाहीको अभिनय देख्न सकिन्छ । चानस पुन मगर निर्देशित भिडियोमा अनिश स्याङ्देनको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । यस रोमान्टिक भिडियोको छायांकन बुटवल, लुम्बिनी, भैरहवा लगायतका स्थानहरुमा गरिएको हो ।

भिडियो ‘प्यासिफिक प्रोडक्शन्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार...