१४ बैशाख २०८१, शुक्रबार

पार्टी छोड्नेसम्मको निर्णय नगर्न नारायणकाजीलाई प्रचण्डको आग्रह

narayan kaji prachanda
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारयाणकाजी श्रेष्ठबीच आज पनि छलफल भएको छ।

अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने पार्टीको निर्णयपछि असन्तुष्ट बन्न्ुभएका श्रेष्ठलाई अध्यक्ष दाहालले बिहीबार बिहान आफ्नै निवास खुमलटारमा छलफलका लागि बोलाउनुभएको हो ।

छलफलमा अध्यक्ष दाहालले श्रेष्ठलाई पार्टी छोड्ने तहको निर्णय नगर्न आग्रह गर्नुभएको स्रोतको भनाइ छ ।

सोमवार अध्यक्ष दाहालले पार्टी छोड्न जोकोही स्वतन्त्र रहने भनेर अभिव्यक्ति दिएपछि श्रेष्ठ थप असन्तुष्ट बन्नुभएको थियो ।

मंगलबार श्रेष्ठकै निवासमा पुगेर दाहालले यसलाई अन्यथा नलिन र नयाँ कदम नचाल्न आग्रह गर्नुभएको थियो ।