१ जेष्ठ २०८१, मंगलवार

अमेरिका कोरोना भाईरसबाट धेरै मृत्‍यु हुने पहिलो राष्ट्र

new york corona death

कोरोना महामारी सुरु भएयता अमेरिकामा २० हजार बढीको ज्यान गएपछि इटालीलाई पछि पार्दै शनिबार पहिलो नम्बरमा पुगेको हो। कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ।

इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ५३२,८७९ संक्रमित भएका छन जुन इटली, फ्रान्स, र स्पेन को संक्रमितको कुल भन्दा पनि बढी छ।