१६ बैशाख २०८१, आईतवार

तीन जना भारतीय नागरिकमा कोरोनाभाइरसको संक्रमण पुष्टि, वीरगञ्जमा उपचार हुँदै

dr bikas devkota

शनिबार राति राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा भएको परीक्षणबाट तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनअघि भारतबाट नेपाल आएका ३४, ४४ र ५५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

उनीहरूमध्ये एक जना भारतको राजधानी दिल्ली र २ जना उत्तर प्रदेशबाट आएका थिए।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिइएको छ।

भारतबाट आएका उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुसँगै २४ जना भारतीय नेपाल आएका बताइएको छ।

योसँगै नेपालमा नै कोरोना भाइरस संक्रमण देखिनेको संख्या १२ पुगेको छ । जसमध्ये एक जना निको भइसकेका छन् भने अहिले देखिएका तीन जना भारतीय नागरिक हुन् ।