६ चैत्र २०८०, मंगलवार

नेपालमा बुधबार थप २,८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

corona insurance

नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ६ सय ८७ पिसिआर परिक्षणका क्रममा दुई हजार १४ र ४ हजार ३३५ एन्टीजेन परिक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ८ हजार ५५८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ हजार ८२ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४३ हजार ५२१ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ वटा पिसिआर र १ लाख २३ हजार ३८६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।