१६ चैत्र २०८०, शुक्रबार

चितवनमा असार १० गतेसम्म थपियो निषेधाज्ञा, डिपार्टमेन्ट स्टोर्स खोल्न पाउने

chitwan narayanghat pulchowk
फाइल फोटो

चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आजको आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको नारायणी अनलाइनलाई जानकारी दिए । ‘यसअघिको निषेधाज्ञालाई नै यथावत राखिएको छ, डिपार्टमेन्टल स्टोर्सको हकमा केही खुकुलो बनाएको छौँ’–प्रजिअ लामिछानेले भने ।

चितवन प्रशासनले यसअघि थप गरेको निषेधाज्ञाको अवधि भोलि सकिदै थियो । चितवनमा जेठ १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ ।

d1
d2
d3