४ जेष्ठ २०८१, शुक्रबार

एम्बलुेन्स खोज्दै चिच्याइरहिन् आमा, काखमै गयो शिशुको ज्यान

92810114 603785087016868 3814898279972339712 n QOo1iTuYDh

बिहारको जहानावादमा कोरोना संटकबीच ३ वर्षका एक बच्चाको एम्बुलेन्स कुर्दा कुर्दै आमाकै कोखमा मृत्यु भएको छ । यी बालक केही दिनदेखि बिरामी थिए । बच्चालाई लिएर उनकी आमा जहानावादको एक सरकारी अस्पतालमा पटक–पटक पुगेकी थिइन् ।

डाक्टरहरुले बच्चाको गम्भीर स्थिती देखेपछि पटना रिफर गरेका थिए । जहानावादबाट पटना झन्डै ५० किलोमिटर दूरीमा छ । बच्चालाई पटना लैजानका लागि बिरामीका परिवारजनले एम्बुलेन्सका लागि दुईघण्टा यता–उता भड्कनुप¥यो , यतिबेलासम्म बच्चाको मृत्यु भइसकेको थियो ।

भइरह्यो रिफर, भएन उपचार

बिहारको अरवल जिल्लास्थित सहोपुर गाउँबाट यो परिवार उपचारका लागि जहानावाद आएको थियो । बच्चाको अवस्था खराब भएपछि उनकी आमाले सबैभन्दा पहिले नजिकैको स्वास्थ केन्द्र, कुर्था लगेकी थिइन् । कुर्थाबाट डाक्टरले जहानावाद रिफर गरे । लकडाउनमा बल्लतल्ल अटोको व्यवस्था गरेर बाबु–आमा जहानावाद सदर अस्पताल आइपुगे । यहाँबाट डाक्टरले बच्चालाई पटना लैजान रिफर गरे ।

जिल्लाको सरकारी अस्पताल हुनुका बाबजुद पनि इमर्जेन्सी हालतमा एक गरिब परिवारका लागि एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस अस्पतालका अधिकारीहरुको आलोचना भइरहेको छ ।

बच्चा आमाको कोखमा तड्पिरहेको थियो, बाबु एम्बुलेन्सका लागि यता–उता भड्किरहेका थिए । एक घण्टा गुज्रिएपछि बच्चाको हालत निकै खराब भइसकेको थियो र आमा बच्चाको ज्यान जोगाउनका लागि सहयोगको याचना गरिरहेकी थिइन् ।

कहाँ गयो नीतिशकुमारको सुशासन मोडल

यस घटनासँगै बिहारका मुख्यमन्त्री नितिशकुमारको सुशासनको मोडलबारे पनि प्रश्न उठेको छ । मृत्युपछि पनि यस बच्चाको शवलाई घरसम्म लैजानका लागि अस्पतालले यस परिवारलाई कुनै सवारी उपलब्ध गराएन ।

बच्चाको मृत्युपछि आमाले आफैं उनको शव उठाएर २५ किलोमिटर टाढाको आफ्नो गाउँसम्म पैदलै हिडिंन् । लकडाउनमा यी परिवारको चिच्याहट कसैले सुन्नेवाला थिएन । तर, केही पर पुगेपछि केही पत्रकारको पहलमा एक सामाजिक कार्यकर्ताले आफ्नो गाडीमा यी परिवारलाई गाउँसम्म पठाइदिए । एजेन्सी / स्रोत आजतक