२१ बैशाख २०८१, शुक्रबार

मेयरकै नेतृत्वमा कुहिएको दाल वितरण, तीन सय ८० बोरा दाल शिलबन्दी

dal

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी तीन सय ८० बोरा दाल सिल बन्दी गरेको छ ।

कुुहिएको दाल राहतका लागि वितरण गर्न भण्डारण गरेको पाइएपछि बाराको कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा शनिवार शिलबन्दी गरिएको छ । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर मेयर राजेश राय यादवको हो ।

गुणस्तरहिन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी तीन ८० बोरा दाल शिलबन्दी गरिएको हो ।

yadav meyer

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कलैया उपमहानगरपालिकाले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो ।

कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वमा गएको टोलीले सुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।

उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

संकटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । गोदाममा बरामद दाल परीक्षणका लागि नाप तथा गुणस्तर बिभाग वीरगंजमा पठाउने प्रहरी प्रवतmा डिएसपी गौतम मिश्रले बताएका छन् ।

बरामद दाल जाँचमा गुणस्तरहीन ठहरिए मेयर राजेश यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।
मेयर यादव पुर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।

उता कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा पनि राहतको नाममा कुहिएको चामल बितरण गरिएको स्थानीयले बताएका छन् ।

संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक कृष्ण पंङ्गेनीले बताए ।