१७ बैशाख २०८१, सोमबार

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा

police baduwa

नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । सरकारले डिआइजीको दरबन्दी कटौती गरेपछि तिव्र प्रतिष्पर्धाबीच उनीहरुको बढुवा सिफारिश भएको हो । बढुवा समितिले गरेको सिफारिशमा वरिष्ठता र कार्यक्षमता दुवैलाई हेरिएको छ ।

दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका हुन् । 

प्रहरी नियमावली २०७१  (संशोधनसहित)को  नियम २७ को उपनियम (४) अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो । 

अर्याल पहिलो नम्बरमा

दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो । सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन् । 

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो । 

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । 

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । 

जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् ।